सुदूर नेपाललाई विश्वसँग जोड्दै

साफ च्याम्पियनसीप :माल्दिभ्सको लगातार दोस्रो जित

२०७८ असोज २४, ०७:५१ खबर संवाददाता

काठमाडौंः घरेलु टोली माल्दिभ्सले साफ च्याम्पियनसिप २०२१ मा लगातार दोस्रो जित हात पार्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएका छ। आइतबार भएको खेलमा माल्दिभ्सले श्रीलंकालाई १–० ले हरायो।

मालेस्थित नृशनल स्टेडियममा भएको खेलमा रंगशालामा माल्दिभ्सको जितमा अलि अस्फाकले निर्णायक गोल गरे। खेलको छैटौं मिनेटमा अस्फाकले गरेको गोल बन्यो।

पहिलो खेलमा नेपालसँग पराजित भएको माल्दिभ्सले त्यसपछि बंगलादेशलाई पराजित गरेको थियो। माल्दिभ्सले दुई जितपछि ३ खेलबाट ६ अंक जोडेको छ। नेपालले लगातार दुई खेल जित्दै ६ अंक जोडिसकेको छ।

श्रीलंका भने चार खेल खेल्दा जितविहीन हुँदै बाहिरियो। तीन हार र एक बराबरीपछि श्रीलंकाले जम्मा एक अंक मात्र जोड्न सक्यो। आजै नेपाल र भारतबीच खेल हुँदैछ। खेल राति ९ः४५ बजे सुरु हुनेछ। यस खेल जितेमा नेपाल एक खेल अघि नै फाइनल पुग्नेछ।
 

कमेन्ट लोड गर्नुस