सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि डोटीलाई

२०७८ असोज २३, ०४:५४ खबर संवाददाता

धनगढीः धनगढीमा आयोजना गरिएको प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि डोटीले जितेको छ। फाइनलमा पुगेको डडेल्धुरालाई ३-० को सोझो सेटले पराजित गर्दै डोटीले उपाधि जितेको हो।

उपाधिसँगै डोटीले नगद एक लाखसहित ट्रफी पाएको छ भने डडेल्धुराले नगद ५० हजारसहित ट्रफीमा चित्त बुझाएको छ। यस्तै प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टीम कैलाली र कन्चनपुरले पच्चिस पच्चिस हजार नगदसहित ट्रफी पाएका छन्। विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइएको छ। 

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा प्रतियोगिता भएको थियो। 

कमेन्ट लोड गर्नुस