सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका स्थानीय तहमा अनियमितताको महामारी फैलाउन उपभोक्ता समिति जिम्मेवार

कैलालीका स्थानीय तहमा अनियमितताको महामारी फैलिनुमा उपभोक्ता समिति पनि मुख्य कारण देखिएको छ। उपभोक्ता समितिको नाममा जनप्रतिनिधिले कार्यकर्तालाई योजना बाढ्न थालेपछि स्थानीय तहमा अनियमितताको महामारी फैलिएको हो। जिल्लाका स्थानीय तहले सडक कालोपत्रे लगायत उपकरण प्रयोग हुने योजना कार्यान्वयनको जिम्मा उपभोक्ता समितिलाई दिएका छन्। उपभोक्ता समितिहरु भ्रष्ट्राचार सिकाउने पाठशाला भएको आरोप लागेका बेला धनगढी उपमहानगरपालिका सहितका पालिकाले कालोपत्रेका योजनाहरु उपभोक्ता समितिमार्फत कार्यान्वयन गरेका हुन्।

कमेन्ट लोड गर्नुस