सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अञ्चल अस्पतालमा मानव अधिकार आयोगद्वारा अनुगमन

२०७५ मंसिर २७, १०:५८ कमल सावद

सेती अञ्चल अस्पतालको गुणस्तर खस्किदै गएको गुनासोपछि राष्ट्रिय मानव अधिकार आयोगले अस्पतालको अनुगमन गरेको छ। सेती अञ्चल अस्पतालको प्रसुती वार्डमा लापरबाही हुने गरेको, चार महिनाको अवधिमा ६६ शिशुको मृत्यु भएको, म्याद नाघेका औषधीको प्रयोग हुने गरेको लगायतका समाचार सञ्चार माध्याममा आएपछि आयोगले चाँसो देखाएको हो।  मानव अधिकार अयोगको सुदूरपश्चिम प्रदेश कार्यालय र ईन्सेकको टोलीले अस्पतालको सेवाको बारेमा अनुगमन गरेको हो। सो क्रममा विरामीहरुले नर्सिङ कर्मचारी व्यवहारिक नभएको र सेवा प्रभावकारी नभएको गुनासो गरेका छन्। सेती अस्पतालको सामाजिक सेवा इकाई, प्रसुती वार्ड र अस्पतालमा रहेका शौचालयको अवस्थाका विषयमा पनि अयोगको टोलीले अनुगमन गरेको हो। प्रसुती वार्डको शौचालय प्रयागे गर्न लायक समेत नरहेको राष्ट्रिय मानव अधिकार आयोय सुदूरपश्चिम प्रदेशका प्रमुख झंकर रावलले बताए। सेती अञ्चल अस्पतालको प्रसुती वार्डलाई पहिलो प्राथामिकता दिएर मानव अधिकार आयोगले अनुगमन गरेको थियो। 

६६ शिशुको मृत्यु भएको समाचार दिनेश एफएममा प्रशारण र दिनेश खवरमा प्रकाशन भएपछि अस्पतालले झण्डै २ हप्तापछि अनुगमन टोली समक्ष उक्त तथ्याङक विज्ञप्ती मार्फत सार्वजनिक गरिएको छ। अस्पतालमा ४ महिनामा झण्डै ३ हजार ३ सय प्रसुती भएका महिलाको सङख्या रहेकोमा ७२ जना शिशुको मृत्यु भएको तथ्याङमा उल्लेख छ। तर त्यस्मा अस्पताल आउनु अगाडी नै गर्भभित्रै धेरै शिशुको मुत्यु भएको तथ्याङक पेश गरिएको छ। अस्पताल प्रशासन आफ्नो सेवा प्रभावकारी बनाउन भन्दा राष्ट्रिय आकाडाको तुलनामा अस्पतालमा शिशु मृत्युदरको आकडा निकै कम भएको भन्दै गर्व गरिरहेको छ।

अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेले राष्ट्रिय तथ्याकमा शिशु मृत्युदर प्रति हजारमा २१ भएपनि सेती अञ्चल अस्पतालमा ११ मात्रै भएको दावी गर्छन्। सुदूरपश्चिमका २८ लाख जनताको स्वास्थ्यसंग जोडिएको सेती अञ्चल अस्पताल प्रति ठुलो अपेक्षा रहेको हुन्छ। त्यसैले चुस्त व्यवस्थापन गर्दै अस्पतालको सेवा प्रभावकारी बनाउन तर्फ ध्यान दिने की ? 
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस