सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिसो बढेसँगै बिरामीको सङ्ख्या वृद्धि

२०७५ मंसिर २६, ०३:०५

चिसो बढेसँगै जिल्ला अस्पताल मार्तडीमा बिरामीको सङ्ख्या बढ्दै गएको छ । अहिले दिनहुँ ५० देखि ६० बिरामी आउने गरेका छन् । यसअघि दैनिक १० देखि २० को सङ्ख्यामा बिरामी उपचारका लागि आउने गरेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी रामचन्द्र यादवले जानकारी दिए । जाडो बढेसँगै जिल्लाका विभिन्न ठाउँबाट दम, खुट्टा सुन्निने, पेट सुन्निने, निमोनियालगायत रोगका बिरामी उपचारका लागि आउने गरेका छन् । चिसोबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । मङ्सिर दोस्रो सातापछि बाजुरामा चिसो निकै बढेको छ । जिल्ला अस्पतालका चिकित्सक डाक्टर टीकाराम राईले जाडोको समयमा बालबालिका र वृद्धवृद्धाको विषेश हेरचाह गर्न सुझाव दिए । 
 

कमेन्ट लोड गर्नुस