सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा कोरोना संक्रमणबाट वडा सदस्यको निधन, नगरपालिकाले शोक विदा दिने

२०७८ असोज १७, १०:५३ खबर संवाददाता

धनगढी: डडेल्धुरामा एक वडा सदस्यको कोरोना संक्रमणबाट निधन भएको छ। जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ५ का सदस्य रहेका ७० वर्षीय जगन्नाथ ओझाको कोरोनाबाट निधन भएको स्वास्थ्य कार्यालय डडेल्धुराले  जनाएको छ। असोज १४ गते अस्पताल भर्ना भएका उनको शनिवार राति ज्यान गएको हो। १४ गतेबाट नै उनको भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो।

वडा सदस्यको निधन भएपछि अमरगढी नगरपालिकाले आज(आइतबार) शोक विदा दिने भएको छ। नगरपालिका मातहतमा रहेका सम्पूर्ण कार्यालयमा एक दिन शोक विदा दिइएको नगरप्रमुख विशेश्वर प्रसाद ओझाले बताए। 

कमेन्ट लोड गर्नुस