ईपीएलः भैरहवा र काठमाडौंको खेल स्थगित
काठमाडौंः एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तरगत शनिबार बिहानका लागि तय भएको भैरहवा ग्लाडिएटर्स र काठमाडौं किङ्ग्स–११ बीचको खेल स्थागित भएको छ। मैदान चिसो भएकाले समयमा सुरु हुन नसेकेको खेल स्थगित भएको हो।
वर्षाको कारण समयमा खेल हुन नसक्दा खेल स्थगित भएको हो। यद्यपि, पोखरा राइनोज र विराटनगर वारियर्सबीच हुने तय भएको दोस्रो खेल भने हुनेछ। आज स्थगित भएको खेल नयाँ मितिमा हुने आयोजकले बताएको छ।