बेरोजगार युवालाई सिकर्मी तालिम
आयआर्जन तथा जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले बेरोजगार युवाका लागि एक महिने सिकर्मी तालीम मार्तडीमा शुरु भएको छ । सहयोगी हातहरूको समूह (सहास) नेपालको सहयोगमा सञ्चालित सो उक्त तालीममा १० जना सहभागी छन् ।
फर्निचर सम्बन्धी सामाग्री बजारबाट बनाएर गाउँमा पुर्याउनुभन्दा गाउँकै बेरोजगार युवालाई यस सम्बन्धी तालिम दिई उपभोक्ताको माग र उनीहरूको आयस्रोतमा समेत वृद्धि गर्ने लक्ष्यका साथ तालीम सञ्चालन गरिएको सहास नेपालका जिल्ला वित्त प्रबन्धक नैनकुमार परियारले बताए । तालीमका सहभागीलाई प्रतिव्यक्ति १० हजार १३१ बराबरको फर्निचर सम्बन्धी विभिन्न औजार र उपकरणसमेत सहयोग स्वरुप उपलव्ध गराइएको सहास नेपाल बाजुराका संयोजक रामबहादुर खत्रीले जानकारी दिए ।