दार्चुला प्रहरी दुर्व्यसनीबाट जोगाउन विद्यार्थीलाई सचेत गराउँदै
धनगढीः जिल्ला प्रहरी कार्यालय दार्चुलाको टोली विद्यालय कक्षामा गएर दुर्व्यसनीबाट जोगाउनका लागि सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ।
समुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बुधबार प्रहरीले महेन्द्र नमूना माविका कक्षा ९ र १० का विद्यार्थीलाई सचेत गराइएको हो।
प्रहरी निरीक्षक माधव विश्वकर्माको नेतृत्वमा गएको टोलीले बालबालिकालाई लागूऔषध दुव्र्यसनी, बालविवाह र साइबर अपराध जस्ता विषयमा सचेत गराएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए।