सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेट्रो फुटसल कप एक सातापछि

२०७८ असोज १३, ०८:३४ रासस

काठमाडौँ: मेट्रो फुटसल कप एक सातापछि हुने भएको छ। नेकपा ९माओवादी केन्द्र० निकटको योङ्ग कम्युनिष्ट लिग, काठमाडौँ–१ को क्षेत्रीय कमिटीले यही असोज २२ र २३ गते उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो। उक्त प्रतियोगितामा प्रथम हुनेले एक लाख, द्वितीयले ५० हजार र तृतीयले २५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

माओवादी केन्द्रको काठमाडौँ निर्वाचन क्षेत्र नं १ का इञ्चार्ज अनिल शर्माले प्रतियोगितामा सहभागी हुने ३२ समूहलाई आज जर्सी हस्तान्तरण गरे। उक्त प्रतियोगिता भृकुटीमण्डपमा सञ्चालन हुनेछ।  
 

कमेन्ट लोड गर्नुस