सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको सेती नदीमा एक महिला मृत फेला

२०७८ असोज १३, ०२:२६ खबर संवाददाता

बझाङः बझाङमा एक महिला मृत फेला परेकी छन्। सेती नदीको किनारमा उनी मृत फेला परेकी हुन्। बुधवार जिल्लाको जयपृथ्वी नगरपालिका–१० स्थित पानकोट पुलमुनि करिब २५ वर्षीया महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

मृत महिलाको शव पहिचान गर्न नसकिने अवस्थामा रहेको बताउदै घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस