सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा भिरबाट लडेर महिलाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ असोज १२, ०४:०४ खबर संवाददाता

धनगढी: दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

मंगलबार जिल्लाको नौगाड गाउँपालिका -२ सुण्डमुण्डकी अन्दाजी ४४ वर्षीया नरमादेवी ठगुन्नाको मृत्यु भएको बताइएको छ। घर नजिकैको भैंसीमेला खरफागलामा खर काट्दै गर्दा भिरबाट लडेर उनको मृत्यु भएको स्थानीय चन्द्रावती ठगुन्नाले बताइन्। 

उनका पाँच छोरा र एक छोरी रहेका र तीन वर्ष अगाडि श्रीमानको पनि मृत्यु भईसकेको बताइएको छ। 

कमेन्ट लोड गर्नुस