सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैंगलोरद्वारा मुम्बई ५४ रनले पराजित

। फोटो स्रोत ।
२०७८ असोज ११, ०६:१५ खबर संवाददाता

काठमाडौः इन्डियन प्रिमियर लिग आईपीए टी–ट्वान्टी क्रिकेटअन्तर्गत रोयल्स च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई ५४ रनले पराजित गरेको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बैंगलोरले जितका लागि दिएको १६६ रनको लक्ष्य पछ्याएको मुम्बईले १८ ओभर १ बलमा मात्र १११ रन बनायो।

मुम्बईका लागि रोहित शर्माले सर्वाधिक ४३ रन बनाए। त्यस्तै क्विन्टन डीककले २४ रन बनाउँदा बाँकी कुनै पनि ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन्। बलिङतर्फ मुम्बईका लागि हर्सल पटेलले ह्याट्रिक सहित ४ विकेट लिए। उनले १६औँ ओभरको पहिलो बलमा हर्दिक पाड्यालाई आउट गारए, दोस्रो बलमा काइरन पोलार्डलाई आउट गराएका पटेलले तेस्रो बलमा राहुल चहारालाई आउट गराएका हुन्। बैंगलोरका लागि युजभेन्द्र चहालले तीन विकेट लिँदा ग्लेन म्याक्सवेलले २ र मोहमद सिराजले एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनायो। बैंगलोरका लागि ग्लेन म्याक्सवेलले अर्धशतक प्रहार गरे। ३७ बल खेलेका उनले ६ चौका र ३ छक्काको सहयोगमा ५६ रन बनाए। त्यस्तै सिखर भट्राले ३२ रन बनाउँदा एभी डिभिलियर्सले ११ रनको योगदान गरे। बलिङतर्फ मुम्बईका लागि जस्प्रित भुम्राहले सर्वाधिक तीन विकेट लिए। त्यस्तै आदम मिल्ने, ट्रेन्ट बोल्ट र राहुल चहारले समान एक–एक विकेट लिए। 

जितसँगै बैंगलोरले १० खेलमा १२ अंक जोडेको छ। बैंगलोर तालिकाको तेस्रो स्थानमा छ। मुम्बईको ८ अंक छ। मुम्बई अंक तालिकाको सातौं स्थानमा छ।
 

कमेन्ट लोड गर्नुस