सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवाको गृह जिल्लामा २८ वर्षीय जोशी बने नगर सभापति

२०७८ असोज ९, ११:०० खबर संवाददाता

धनगढी:  नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाको सभापतिमा २८ वर्षका भरत जोशी निर्वाचित भएका छन्। शनिबार सम्पन्न पालिका अधिवेशनमा २०० मत खसेकोमा जोशी १४८ मत पाएर विजयी भए।

उनका प्रतिस्पर्धी पूर्व जिल्ला उपसभापति धर्मानन्द भट्टले ४८ मत पाए । ४ मत बदर भएको मतदान अधिकृतले जनाए। उपसभापतिमा जयबहादुर साउँद र सचिवमा खगेन्द्रबहादुर सिंह विजयी भए थिए।

कमेन्ट लोड गर्नुस