सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा चाडपर्व लक्षित बजार अनुगमन

२०७८ असोज ९, ०४:१० खबर संवाददाता

धनगढीः दार्चुलामा चाडपर्व लक्षित बजार अनुगमन सुरु भएको छ। जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको समन्वयनमा शुक्रबारदेखि चाडपर्व लक्षित बजार अनुमगन सुरु भएको हो।

यो अवधीमा बजारमा अखाद्य वस्तु बिक्रि हुने भएकाले अनुगमनलाई अभियानको रुपमा सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए। दशैं, तिहारको समयमा कालोबजारी समेत हुने भएकाले प्रहरीले अनुगमनलाई प्राथमिकता दिएको डिएसपी भट्टले बताए। 
 

कमेन्ट लोड गर्नुस