डडेल्धुरामा जबर्जस्ती करणीका घटनामा कमी
देशका अन्य जिल्लामा जबर्जस्ती करणीका घटनामा वृद्धि भइरहेका बेला डडेल्धुरामा भने कमी आएको छ। देशका अन्य जिल्लाका तुलनामा डडेल्धुरामा जबर्जस्तीका घटनामा कमी आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराको तथ्यांकले देखाएको छ। चालू आर्थिक वषर्मा नौ महिनाको अवधिमा जबर्जस्ती करणीका तीनवटा मुद्दा मात्रै दर्ता भएका छन् भने आव २०७२÷०७३ मा चार, आव २०७१÷०७२ मा छ जबर्जस्तीका घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाले जगाएको जनचेतनाका साथै प्रहरीको सक्रियताका कारणले जबर्जस्ती करणीका घटनामा कमी आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए।। प्रहरीको तथ्यांक अनुसार जबर्जस्तीका घटना शहरी क्षेत्रभन्दा पनि ग्रामीण क्षेत्रमा मात्रै भएका छन्। यसैगरी, जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले तीन महिनामा जिल्लाका सातवटै स्थानीय तहमा जबर्जस्ती करणीका घटना नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रमको आयोजना गरिने जानकारी दिएको छ ।
रासस