लेवान्डोस्कीले युरोपियन ‘गोल्डेन बुट’ अवार्ड जिते
काठमाण्डौँः जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले युरोपियन गोल्डेन बुट अवार्ड जितेका छन्। सन् २०२०/२१ को सिजन युरोपियन फुटबलमा सर्वाधिक गोलकर्ता बन्दै लेवान्डोस्कीले सो अवार्ड जितेका हुन्।
उनले गत सिजन बुन्डेसलिगामा २९ खेलमा ४१ गोल गरेका थिए। ३३ वर्षीय उनको उत्कृष्ट प्रदर्शनले बायर्न बुन्डेसलिगा च्याम्पियन बनेको थियो। लेवान्डोस्कीले बुन्डेस लिगाको एकै सिजनमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए।
लेवान्डोस्कीले बायर्नका महान खेलाडी गर्ड मुलरले सन् १९७१/७२ को सिजनमा ४० गोल गर्दै बनाएको कीर्तिमान भङ्ग गरेका हुन्।