सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेस्सीको देब्रे घुँडामा चोट लाग्यो

२०७८ असोज ६, १०:३९ खबर संवाददाता

पेरिस: पेरिस सेन्ट जर्मेन (पीएसजी)क्लबका स्टार फुटबलर लिओनल मेस्सीलाई देब्रे घुँडामा चोट लागेको छ। चोटका कारण उनले अब फ्रेन्च लिग वानमा मेजविरुद्धको खेल गुमाउने स्काइ स्पोर्ट्सले जनाएको छ। 

मेस्सीले आइतबार लियोनविरुद्ध पीएसजीबाट खेलेका थिए। उनले पीएसजीबाट तीन खेल खेलिसक्दा कुनै गोल गर्न सकेका छैनन्।

उनको घुँडाको हड्डीभित्र चोट परेको एमआरआई गर्दा देखिएको छ। उनले अब ४८ घण्टाभित्र फलोअप गर्नुपर्ने छ।

कमेन्ट लोड गर्नुस