सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट छुटेको बस नालीमा छिरेपछि...

२०७८ असोज ५, ०३:५५ खबर संवाददाता

धनगढीः धनगढीबाट छुटेको बस नालीमा छिरेको छ। मंगलबार धनगढीबाट अछामका लागि छुटेको बस डोटीमा नालीमा छिरेको हो। अछाम जादै गरेको गरेको ना४ख ७५५४ नम्बरको बस दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ सेती प्राविधिक शिक्षालय नजिकै नालीमा छिरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। 

दिपायलबाट शिखर नगरपालिकाको मुडभरा जाने बलेरो जिपलाई साईड दिने क्रममा बस नालीमा गएको प्रहरीले बताएको छ। उक्त दुर्घटनामा मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ।


 

कमेन्ट लोड गर्नुस