सुदूर नेपाललाई विश्वसँग जोड्दै

आईपीएल : कोलकाताद्वारा बेङ्ग्लोर ९ विकेटले पराजित

२०७८ असोज ५, ०७:२० खबर संवाददाता

काठमाण्डौ – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई हराएको छ। यूएईमा गएराति भएको खेलमा कोलकाताले बेङ्ग्लोरलाई ९ विकेटले हराएको हो।

बेङ्ग्लोरले दिएको ९३ रनको लक्ष्य कोलकाताले १० ओभरमा १ विकेटको क्षतिमा भेट्टायो । कोलकाताका सुबमन गिलले ४८ रन बनाए। यस्तै भेन्काटेस आयर ४१ रन र आन्द्रे रसेल शून्यमा अविजित रहे।

बेङ्ग्लोरका युजभेन्द्र चाहलले १ विकेट लिए। पहिले ब्याटिङ गरेको बेङ्ग्लोर १९ ओभरमा अलआउट हुँदै ९२ रनमा समेटियो। बेङ्ग्लोरका देवदूत पडिकलले सर्वाधिक २२ रन जोडे। कोलकाताका आन्द्रे रसेल र वरुण चक्रवर्तीले ३-३ विकेट लिए।

लक्की फर्गुसनले २ विकेट लिए। जितपछि ८ खेलमा ६ अङ्क जोडेको कोलकाता पाँचौँ स्थानमा छ भने बेङ्ग्लोर १० अङ्कका साथ तेस्रो स्थानमा छ। चेन्नई सुपर किङ्ग्स शीर्ष स्थानमा छ।  
 

कमेन्ट लोड गर्नुस