सुदूर नेपाललाई विश्वसँग जोड्दै

संसदमा हुलदंगा, बजेट पास

२०७८ असोज ४, ०२:५० खबर संवाददाता

काठमाडौंः नेकपा एमालेले गरेको संसद अवरोधकाबीच सरकारले संसदबाट बजेट अनुमोदन गराएको छ। अघिल्लो केपी ओली सरकारले जेठ १५ गते अध्यादेशमार्फत् जारी गरेको बजेटलाई वर्तमान सरकारले भदौ २३ गते प्रतिस्थापन विधेयकको रुपमा संसदमा प्रस्तुत गरेको थियो।

अघिल्लो बजेट अध्यादेशमा सामान्य परिवर्तन गरिएको बजेट आज संसदबाट पारित भएको छ। बजेट संसदले अनुमोदन नगर्दा संविधानतः भदौ ३१ गतेदेखि सरकारले खर्च गर्न पाएको थिएन। आज संसदबाट पास भएको बजेट भदौ ३१ देखि नै लागु हुनेगरी अनुमोदन भएको छ।

कमेन्ट लोड गर्नुस