सुदूर नेपाललाई विश्वसँग जोड्दै

विराट कोहलीले विश्व कपपछि टी–२० को कप्तानी छाड्ने

२०७८ भदौ ३१, ०६:५४ खबर संवाददाता

काठमाण्डौः भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले टी–२० टिमको कप्तानबाट हट्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल ट्विटरमा एक विज्ञप्ति निकाल्दै कोहलीले यस्तो घोषणा गरेका हुन्। 

आउँदो महिना यूएईमा हुने टी–२० विश्व कपपछि टी–२० टिमको कप्तानबाट हट्ने कोहलीले बताएका छन्। विराट कोहलीले ट्विटरमा लेखेका छन्, ‘यो निर्णय लिने अवस्थामा पुग्न सहज थिएन। रवि भाइ र रोहितसँगको लामो कुराकानीपछि टी २० विश्व कपपछि टी २० को कप्तानी छाड्ने निर्णय लिएको हुँ।’ 

केही दिन अघिदेखि भारतीय मिडियामा क्रिकेट टिमको कप्तानीलाई लिएर समाचार आइरहेका थिए। भारतीय टिममा टी २० र एकदिवसीयका लागि छुट्टै कप्तान र टेस्ट क्रिकेटका लागि छुट्टै कप्तान रहने समाचार आइरहेका थिए।  यद्यपि भारतीय क्रिकेट बोर्डका उपाध्यक्ष राजीव शुक्लाले यी समाचार सही नभएको बताएका थिए। 

कमेन्ट लोड गर्नुस