सुदूरपश्चिममा कोरोनाको खोप पठाउन आनाकानी, विद्यार्थीका लागि आयो कम ‘डोज’
संघीय सरकारले सुदूरपश्चिमका लागि कोरोना भाइरस विरुद्धको पर्याप्त खोप पठाउन आनाकानी गरेको आरोप लागेको छ। हालसम्म सुदूरपश्चिम प्रदेशका ६ लाख नागरिकले मात्रै कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्। जसमा ४ लाख बढीले पूर्ण खोप लगाए पनि थप डोज पठाउन संघीय सरकारले आनाकानी गरिरहेको छ। अन्य प्रदेशको तुलनामा कम डोज पाएको सुदूरपश्चिमलाई पर्याप्त खोप दिन संघीय सरकार ढिलाई गरिरहेको हो।
कमेन्ट लोड गर्नुस