सुदूर नेपाललाई विश्वसँग जोड्दै

नबिल बैंक ले ३४ प्रतिशत लाभांश दिने

२०७५ मंसिर १८, ०१:५६ खबर संवाददाता

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई ३४ प्रतिशत लाभांश दिने भएको छ। बैंकले आर्थिक वर्ष २०७४र÷७५ को मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत लाभांश शेयर र २२ प्रतिशत नगद लाभांश दिने भएको हो।

नबिलले सो आवमा  चार अर्ब पाँच करोड खुद मुनाफा गरेको थियो। बैंकका अनुसार एक सय कित्ता शेयर बराबर १२ कित्ता लाभांश शेयर र प्रति शेयर  २२ रुपैयाका दरले नगद लाभांश दिने भएको हो। बैंकको यही मङ्सिर १७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरी नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको हो।

 यस्तै स्टकमा आज मुक्तिनाथ विकास बैंकको शेयर मूल्य समायोजन भएको छ। आव २०७४÷७५ को नाफाबाट बैंकले प्रस्ताव गरेको १८ दशमलव २५ प्रतिशत नगद लाभांश दिने भएको छ। मूल्य समायोजनपछि सो बैंकको प्रतिकित्ता शेयर मूल्य तीन सय ४५ कायम हुनेछ।

यस्तै औसत आधार मूल्य भने चार सय ९८ हुने छ। यस्तै विवरण बुझाउन अटेर गरेको भन्दै सोमबार कारोवार रोक लगाइएको नाडेप लघुवित्त वित्तीय संस्थाको कारोवार खुला भएको छ। स्टकले आज सो लघुवित्तको कारोवार खुल्ला गरेको जनाएको छ । 
 

कमेन्ट लोड गर्नुस