सुदूर नेपाललाई विश्वसँग जोड्दै

सम्पूर्ण उपचार खर्च व्यहोर्ने प्रदेश सरकारको घोषणापछि ऋण काँढेर उपचार गराएका बस दुर्घटनाका घाईतेहरु समस्यामा

२०७५ मंसिर १७, ०१:४४ जनक विष्ट

डडेल्धुरामा भएको बस दुर्घटनाका घाईतेको उपचार खर्च व्यहोर्ने घोषणा गरेको सुदूरपश्चिम प्रदेश सरकार मन्त्रीको गाडीले ठक्कर दिदा घाईते भएकाको उपचार खर्च दिन खुट्टा कमाउन थालेको छ। उग्रतारा मेला हेरेर फर्किने क्रममा डडेल्धुरामा गत मंसिर ६ गते भएको बस दुर्घटनाका घाईतेको समेत उपचार खर्च व्यहोर्ने घोषणा गरेको सरकारले आफ्नै मन्त्रीको गाडीले ठक्कर दिदा घाइते भएकाको उपचार खर्च दिन आनाकानी गरिरहेको हो। बर्खास्तमा परेका तत्कालीन सामाजिक विकास मन्त्री दीर्घ बहादुर सोडारीको गाडीले ठक्कर दिदा घाइते भएका सुरेन्द्र चन्दको काठमाण्डौँ उपचार भइरहेको छ। दुर्घटनापछि चन्दको उपचार खर्च व्यहोर्ने बताएको सामाजिक विकास मन्त्रालयले अहिले आर्थिक सहयोग गर्न खुट्टा कमाइरहेको छ भने प्रदेश सरकारको उपचार खर्च व्यहार्ने आश्वासनपछि क्रण काढेर उपचार गराएकाहरु समेत समस्यामा परेका छन्। 

गत  मंसिर ६ गते डडेल्धुराको रडुवा खोलामा भएको बस दुर्घटनाका घाइतेलाई विभिन्न अस्पतालमा पुगेर भेट्दै मुख्यमन्त्री त्रिलोचन भट्टले घाईतेको उपचार प्रदेश सरकारले गर्ने घोषणा गर्नुभएको थियो । प्रदेशका अन्य मन्त्रीहरुले समेत घाईतेका परिवारलाई आश्वासन दिदै उपचार खर्च व्यहोर्ने भनेका थिए। तर अहिले आएर पूर्व मन्त्री दीर्घ बहादूर सोडारीकै गाडीले ठक्कर दिएका घाइतेको उपचार खर्च समेत व्यहोर्न प्रदेश सरकार तयार देखिएको छैन्। काठमाण्डौँको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइरहेका गौरीगंगा नगरपालिकाका सुरेन्द्र चन्दको परिवारले क्रण काँढेर अहिले सम्म झण्डै २ लाख  खर्च गरिसकेको छ । तर प्रदेश सरकार भने उपचार खर्च व्यहोर्न तयार नदेखिएको घाइते चन्दका बुबा टेक बहादुर चन्दले बताए । 

गत कार्तिक २३ गते पूर्व मन्त्री सोडारी सवार गाडीले से३प २४२० नम्बरको मोटरसाइकललाई ठक्कर   गौरीगंगा नगरपालिकाका–८ का २३ वर्षीय सुरेन्द्र चन्द शख्त घाइते भएका थिए। गलाको हड्डी, दायाँ हातको कुइनाको जोर्नी र करङ भाँचिनुको साथै टाउकोमा गम्भीर चोट लागेर घाइते भएका चन्दको उपचार धनगढीमा हुन नसकेपछि काठमाडौं रेफर गरिएको थियो । प्रदेश सरकारका मन्त्रीको गाडीले नै ठक्कर दिएका घाइते चन्दको उपचार खर्च दिन आनाकानी गरेपछि आलोचना भएको छ। उसैमाथी फेरी डडेल्धुरा बस दुर्घटनाका घाइतेको समेत उपचार खर्च आफै व्यहोर्ने घोषणा गरेको सरकारले हालसम्म कुनै पनि घाइतेलाई आर्थिक सहयोग गरेको छैन् । जबकी विदेशमा बस्दै आएका नेपालीहरुले रकम संकलन गरेर सहयोग गरिरहेका छन्। तर प्रदेश सरकारले कुनै पनि सहयोग नगरेको डडेल्धुरा बस दुर्घटनामा परी घाइते भएकी छोरीको सेती अञ्चल अस्पतालमा उपचार गराईरहेकी गणेश विकले बताए । 

उतिबेला पीडामा रहेकाहरुलाई उपचार गर्ने ्आश्वासन बाड्ने सरकारका मुख्यमन्त्री र मन्त्रीहरु त अहिले सो विषयमा प्रतिक्रिया नै दिन मानिरहेका छैनन्। मुख्यमन्त्री त्रिलोचन भट्टलाई दुर्घटनाका घाइतेलाई प्रदेश सरकारले उपचार खर्च कहिले दिन्छ भन्ने विषयमा प्रतिक्रिया माग्दा उनले आफू व्यस्त भएकाले बोल्न नसक्ने भन्दै मोबाईल काटि दिए । त्यसपछि पनि मुख्यमन्त्री भट्टलाई पटक ÷पटक टेलिफोन गरिएपनि उहाँ सम्पर्कमा आउनुभएन भने पूर्व मन्त्रीको गाडीले ठक्कर दिदा घाइते भएका सुरेन्द्र चन्दको उपचारका विषयमा सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले पनि बिमाबाट मिलाउने गरी प्रक्रिया अगाडी बढाईरहेको बताए । सरकारको उपचार गर्ने आश्वासनका बिच डडेल्धुरा बस दुर्घटनाका कतिपय घाइतेहरु त अस्पतालबाट डिस्चार्ज समेत भइसकेका छन्। धेरै घाईतेलाई उपचार गर्दा गर्दै क्रणको भारी लागेको छ । तर मुख्यमन्त्री र मन्त्रीहरुलाई भने जिब्रोको बोली, भरिएकै छ हाम्रो झोली भएको छ। 

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस