अछाममा विद्यालय खुल्दै
धनगढीः कोरोनाभाइरस संक्रमण महामारीसँगै बन्द रहेका अछामका शिक्षण संस्थाहरू खुल्न थालेका छन्। कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि लगाइएका निषेधाज्ञालाई स्थानीय प्रशासनले खुकुलो गरेसँगै अछामका स्थानीय तहहरूले विद्यालयमा विद्यार्थी उपस्थित गराएर पठनपाठन सुरु गरेका हुन्।
जिल्लामा संक्रमितको संख्या शून्यमा झरेपछि पालिकाहरुले विद्यालयमै पठनपाठन सुरु गर्ने निणय गरेका हुन्। साँफेबगर नगरपालिकाले नगरका सम्पूर्ण विद्यालयहरुमा बिहीबारदेखि पठनपाठन सुरु गरिएको नगर प्रमुख कुलबहादुर कुँवरले बताए। विद्यालयमा संक्रमणको जोखिम कम गर्न भौतिक दूरी, मास्क, सेनिटाइजर, साबुनपानी लगायतका मापदण्ड पालनालाई अनिवार्य गरिएको छ।