सुदूर नेपाललाई विश्वसँग जोड्दै

१६८ परिवारलाई राहत सहयोग

२०७५ मंसिर १६, ०१:००

बाजुराको बडिमालिका नगरपालिका–४ रिलाका पहिरो प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । गएको भदौ १ गतेको पहिरोबाट प्रभावित रिलाका १६८ परिवारलाई राहत सामग्री सहयोग गरिएको हो । ‘मानवीय सेवामा अनेकौँ प्रयास’ नामक सामाजिक सेवामा समर्पित संस्थाले दैनिक उपभोग्य सामानदेखि चिसोमा न्यानो कपडा वितरण गरेको हो । सहयोग स्वरुप प्रति परिवारलाई २५ किलोका दरले चामल र १६८ ब्ल्याङ्केट सहयोग गरिएको वडाध्यक्ष सुरेन्द्र नाथले बताए । पहिरोबाट प्रभावित पाउनु ओली, कलकबहादुर सिंह, जगबहादुर सिंह, गोरखबहादुर सिंह, बृखबहादुर सिंह, कलबहादुर सिंहलगायत १६८ परिवारलाई २५ किलोका दरले चामल र एक÷एक वटा ब्ल्याङ्केट सहयोग गरिएको सस्थाका अध्यक्ष भत्तराज जोशीले बताए । रासस

कमेन्ट लोड गर्नुस