डडेल्धुराको भागेश्वर स्थानीय पाठ्यक्रम निर्माण गर्दै
डडेल्धुरा: डडेल्धुराको भागेश्वर गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्ने भएको छ। पाठ्यक्रममा भूगोल र वातावरण, कृषि प्रणाली र आर्थिक क्रियाकलाप, संस्कृति र सभ्यता, स्थानीय ऐतिहासिक, सांस्कृतिक धार्मिक र पर्यटकीय स्थललगायत विषयमा समेटिने पालिकाका शिक्षा शाखा प्रमुख लालबहादुर सेटीले बताए। कक्षा १ देखि ५ सम्मका लागि पाठ्यक्रम निर्माण गरिने उनले बताए।
गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाउन रामबहादुर शाहीको संयोजकत्वमा कार्यदल र मस्यौदा समिति गठन गरेको छ।