गाडी किन्न छुट्याएको रकम सडक निर्माणमा
जनप्रतिधिहरुलाई आफ्नो मात्र सेवा सुबिधाका बारेमा चिन्ता र चासो रहेको बेला अछामको एक नगरपालिकाका प्रमुखले भने जनताको पक्षमा उदाहरणीय काम गरेका छन् ।
आफ्नै सुबिधाका लागि गाडी किन्न बिनियोजन गरेको बजेटलाई सडकको स्तरोन्नतीमा खर्च गर्ने निर्णय गरेर कमलबजार नगरपालिकाका मेयर ओमप्रकाश बिष्टले सबैको वाहवाही पाएका हुन् ।
नगर परिषदले मेयर उपमेयरका गाडी किन्ने भनेर बिनियोजन गरेको ६० लाख बजेट मध्यपहाडी लोकमार्गले छोएको गैरीटाँड देखि कमलबजार सम्मको सडक निर्माणमा खर्च गर्ने निर्णय गरीएको हो।