डडेल्धुराको अमरगढीका वडाध्यक्ष पाठक एकीकृत समाजवादीमा
धनगढी: डडेल्धुराको अमरगढी नगरपालिका–५ का वडाध्यक्ष खेमराज पाठकले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्। मंगलबार निर्वाचन कार्यालय डडेल्धुरा पुगेर पाठकले एमाले छोड्दै समाजवादीको पक्षमा सनाखत गरेका हुन्।
उनी एमालेमा छँदा जिल्ला कार्यालय सचिवको रूपमा पार्टीमा आवद्ध थिए। माओवादी केन्द्र र एमाले एकता भएपछि पाठकले सचिवालय सदस्यको जिम्मेवारी पाएका थिए। पाठक डडेल्धुरामा एकीकृत समाजवादी पार्टी रोज्ने पहिलो जनप्रतिनिधि हुन्।