प्राईम बैंकद्धारा धनगढीमा नयाँ शाखा स्थापना
प्राईम कमर्सियल बैंकले धनगढीमा शाखा स्थापना गरेको छ । देशका विभिन्न शहरहरुमा वैंकिङ कारोवार गरिरहेको वैंकको सुदुरपश्चिम प्रदेशमा पहिलो शाखाका रुपमा धनगढीमा स्थापना गरिएको हो । ६६ औं शाखाका रुपमा स्थापना गरिएको धनगढी शाखाको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले शाखाको उद्घाटन गरे । स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीको उपस्थितिमा धनगढी शाखाको उद्घाटन गरिएको थियो ।
सुदुरपश्चिममा वझाङको छान्नामा अर्को शाखा स्थापना गर्ने बैंकले आजदेखि नै धनगढी शाखा मार्फत कारोबार सुरु गरेको छ । बढ्दो आर्थिक कारोबार र गौरीफन्टा नाका मार्फत आयात निर्यात गर्ने ग्राहकहरुलाई लक्षित गरी धनगढीमा शाखा खोलिएको शाखा प्रबन्धक पुष्कर कुँवरले बताए ।