सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा कोरोना खोप लगाएको अढाई घण्टापछि एक जनाको मृत्यु

२०७८ भदौ १४, ०३:४० खबर संवाददाता

धनगढी : डोटीमा कोरोना खोप लगाएको अढाइ घण्टापछि ६० वर्षीय पुरुषको मृत्यु भएको छ। जिल्लाको शिखर नगरपालिका वडा नम्बर २ का लालबहादुर बोगटीको मृत्यु भएको हो। 

२६ दिनअघि भेरोसीलको पहिलो खोप लगाएका बोगटीले सोमबार दोस्रो डोज लगाएका थिए। खोप लगाएको अढाइ घण्टापछि उनको मृत्यु भएको हो। मुडेगाउँ खोप केन्द्रमा बिहान साढे ८ बजे खोप लगाएर आफ्नो घर फर्किएर निदाएका उनी बिहान ११ बजे मृत अवस्थामा भेटिएका हुन्।

शिखर नगरपालिकाका स्वास्थ्य प्रमुख हरिस शाहले बोगटीको मृत्यु खोपको कारण नभएको दाबी गरे। 

कमेन्ट लोड गर्नुस