सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा बस दुर्घटनामा घाईतेको आर्थिक अभावले शल्यक्रिया रोकिदै

प्रदेश सरकारद्धारा विमामा काट्ने गरी विद्यालयलाई नै शुल्क तिराउन प्रशासन मार्फत निर्देशन

२०७५ मंसिर ११, ०८:१८ कमल सावद

काठमाडौँमा उपचार गराई रहेका मध्य महादेव रावत र मिना भुलको शल्यक्रिया गर्नु पर्ने भएको छ। मिना र नविन विकको ढाड चलेको छैन्। भुल, र रावतको शल्यक्रियाका लागि अस्पतालले एक लाख ८ हजार प्रति व्यक्ती धरौटी जम्मा गर्न भनेको छ। तर घाईतेका परिवारसंँग रकम नहुँदा शल्यक्रिया नै रोकिने भएको छ। उपचारमा आर्थिक अभाव भएको छ। अहिले तुरुन्तै दुई लाख १६ हजार रकम आवश्यक भएको छ। डोटेली समाज काठमाडौँका अध्यक्ष  जगदिश केसीले भने,– पुर्व मन्त्री विरबहादुर बलायरले ४० हजार आर्थिक सहयोग गर्नु भएको छ। केही रहात त भएको छ, पुर्ण समाधान भएको छैन। डडेलधुराका मिना भुलको समेत उपचारमा समस्या भएको छ। रगतको समेत अभाव हुने गरेको छ। नविन विकका उपचारका लागि ६०÷७० हजार संकलन भएको उनले बताए। प्रदेश सरकारले घाईतेको उपचार खर्च दिने भनेको छ।यता रगत समेत पाउन समस्या छ, उनले भने। तत्कालै रगम अभाव हुन्छ, चाँडो ल्याउने डाक्टर भन्छन। हामीसंग पनि रकम धेरै छैन्। धेरै बिरामीलाई अस्पतालले रेफर गर्दै छ। प्रदेश सरकारले चाँडो रकम पठाउनु आवश्यक छ– उनले भने। 


घाईतेको उपचारको पुर्ण खर्चको जिम्मा लिने भनेको प्रदेश सरकार मौन छ भने राजनीतिक दलका नेताहरु पनि एकले अर्काेलाई दोष देखाईरहेका छन्। उनीहरुको बिचमा समेत समन्वय छैन्। पुर्व मन्त्री वीरबहादुर बलायरले सबै घाईतेको उपचार खर्च एक्लैले बेर्होन नसक्ने बताए। उनले प्रदेश र केन्द्र कुनै सरकारले समेत रकमको व्यवस्था गर्न नसकेको बताए। मैले उनीहरुको उपचारका लागि रकम संकलन गरिरहेको छु। मेरो मात्र दुई लाख बढि खर्च भएको छ यसअघि खर्च व्यहोर्ने बताए बोली  फेरेका वलायरले भने– एक्लै मैले मात्र सबैको उपचार खर्च हर्न सक्ने भन्ने हुदैन्। सहयोगी हातहरु जुटिरहेका छन्। प्रतिनिधि सभा सदस्य प्रेम आलेमगरले पनि घाईतेका आफ्तलाई रकम दिएको दावी गरेका छन्। डडेल्धुरा बस दुर्घटनामा घाईतेको सम्पूर्ण उपचार शुल्क तिर्ने घोषणा गरेको प्रदेश सरकार भने आफ्नै घोषणाको विपक्षमा देखिएको छ। आर्थिक समस्याले उपचारमा समस्या हुँदा पनि प्रदेश सरकारले उपचारमा रत्तिभर सहयोग गरेको छैन।  मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले बसको विमामा काट्ने गरी पिसजोन विद्यालयलाई नै शुल्क तिराउन प्रशासन मार्फत निर्देशन दिएको छ।  मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव शिव ओलीले विद्यालयलाई रकमको बेवस्ता गर्न भनेको बताए । उनले सरकारका कानूनी प्रावधानले समस्या भएको बताए। बसको बिमा हुन्छ, त्यहाँबाट पुगेन भने प्रदेश सरकारले थप्ने छ, उनले भने। 
डडेल्धुरा बस दुर्घटनामा घाईतेको सम्पूर्ण उपचार शुल्क तिर्ने घोषणा गरेको प्रदेश सरकार आर्थिक समस्याले उपचारमा समस्या हुँदा पनि पन्छिएको छ । बस दुर्घटनामा घाईते भएका २७ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेकोमा आर्थिक अभावले उपचारमा समस्या भईरहेको छ। गत मंसिर ६ गत डडेलधुरा रडुवाखोला बस दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने २७ जना घाईते भएको थिए। घाईतेलाई मुख्यमन्त्री त्रिलोचन भट्ट सहितका मन्त्रीहरुले भेट्दै सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने घोषणा गर्नुभएको थियो। तर अहिले बिमामा काट्ने गरि विद्यालयलाई नै शुल्क तिराउन प्रशासन मार्फत मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले निर्देशन दिएको छ। तर आर्थिक समस्याले धेरै घाईतेहरुको शल्यक्रिया समेत रोकिएको छ। 

 

अार्थिक रूपमा सहयाेग गर्न चाहाने महानुभाबहरूले डाेटेली समाज काठमाडौं काे तपशिलकाे बैंक खातामा पैसा जम्मा गर्न सक्नुहुने छ ।

डाेटेली समाज काठमाडौं 
बचत हिसाब खाता नं. : 040412 
कृषि बिकास बैंक, नयाँ बानेश्वर, काठमाडौं

साथै अन्य थप जानकारीका लागि डाेटेली समाज काठमाडौं का निम्न पदाधिकारीहरू संग सम्पर्क गर्न सक्नुहुनेछ ।
१. अध्यक्ष : जगदीश केसी - 9851016325
२. उपाध्यक्ष : करूणा शाही - 9841576295
३. सचिव : लक्षमण मलासी - 9841331386
४. सह-सचिव : शेरबहादुर राेकाया - 9851163723
५. काेषाघ्यक्ष : शक्ति प्रसाद श्रेष्ठ - 9841327411
६. सह-काेषाध्यक्ष : टेकबहादुर बम - 9849132533

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस