सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिलो चौमासिकमा विकास निर्माणका योजना ठप्प

प्रदेश सरकारको पूँजीगत खर्च निराशाजनक

२०७५ मंसिर ११, ०४:५५

सुदूरपश्चिम प्रदेश सरकारको पूँजीगत खर्चको अवस्था निराशाजनक देखिएको छ । पहिलो चौमासिकमा यस प्रदेशका विकास निर्माणका कामहरु ठप्प भउका हुन् । चालु आर्थिक बर्षको चार महिनामा निकै कम मात्रै विकास बजेट खर्च हुँदा यसले प्रदेशका धेरै योजनाहरु प्रभावित भएका छन् । प्रदेश सरकारको चालू आर्थिक बर्षको चार महिनाको पूँजीगत खर्च पौने दुई प्रतिशत मात्रै रहेको छ ।

११ अर्ब ५५ करोड, ९१ लाख ८ हजार मध्ये दुई करोड ९ लाख ३४ हजार ३ सय ६२ रुपैंया मात्रै पूजीगत बजेट खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएका छन् । चालु तर्फको बजेट २५ प्रतिशभन्दा बढी गर्दा पनि खर्च हुँदा पनि विकास बजेट तर्फ भने कसैको ध्यान गएको छैन् । कर्मचारी अभाव, नितिगत समस्या लगायतका कारण आर्थिक बर्षको चार महिनामा केही काम हुन नसक्दा ठुलो विकास बजेट फ्रिज जाने सम्भावना बढेको छ । तर आर्थिक मामिला तथा योजना मन्त्री बोहोराले अव भने आगामी दिनमा विकास बजेट खर्च गर्न तिव्रताका साथ अगाडी बढ्ने बताए । 

 

कमेन्ट लोड गर्नुस