सुदूर नेपाललाई विश्वसँग जोड्दै

यात्रुवाहक बस दुर्घटना

२०७५ मंसिर ११, ०२:४२ कमल सावद

कैलालीको कुचैनी पुलमा बस दुर्घटना भएको छ। कालीकोटबाट महेन्द्रनगर तर्फ आउदै गरेको बस बिहान पुर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिकाको कुचैनी पुलमा ठोकीएको हो। कालीकोटबाट आएको कार्केबिहार यातायातको  ना ६ ख २८५४ नम्बरको बस पुलमा ठोकिएको ईलाका प्रहरी कार्यालय चौमालाका प्रमुख डिल्लीप्रसाद आचार्यले बताए। प्रहरीका अनुसार २ जनाको सुखडको घोडाघोरी अस्पतालमा उपचार भैरहेको छ। उनीहरुकाे सिटी स्क्यान गर्नुपर्ने भएकाले रेफर गरिएकाे छ ।

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस