सुदूरपश्चिमका महिलाहरुमा आङ खस्ने समस्या घट्न सकेन
सुदूरपश्चिम प्रदेशमा महिलाको आंङ खस्ने समस्या घट्न सकेको छैन्। कलिलो उमेरमा बिहे हुनु, कम जन्मातरमा बच्चा जन्माउनु, गर्भ र सुत्केरी अवस्थामा आराम गर्न नपाउनु, उचित स्याहार–सुसार नपाउनु जस्ता कारणले पाठेघर खस्ने समस्या हुने गरेको छ। सुदूरपश्चिममा झण्डै ३५ देखि ४० प्रतिशतमा महिलामा यस्तो समस्या रहेको छ। नेपालका अन्य प्रदेशको तुलनामा सुदूरपश्चिममा यो समस्या बढि रहेको हो। अहिले पनि घरमै बच्चा जन्माउने परिपाटी कायमै रहेकाले आङ खस्ने समस्या न्यूनीकरणमा चुनौती बढ्दै गएको छ। सुदूरपश्चिम प्रदेशकबा ७ पहाडी जिल्लामा मात्रै होईन तराईका जिल्लामा पनि आङ खस्ने समस्या कायमै रहेको हो।
पहाडी भेगका अधिकांस महिला हरुमा यो समस्या बढि रहेको छ। न्युन आयस्रोत भएका अर्थात गरिवीको रेखा मुनी रहेका धेरै महिलाहरु यो समस्याले ग्रसित बनिरहेको जिल्ला अस्पताल डोटीका डाक्टर गृष अवस्थीले बताए। ग्रामीण क्षेत्रमा वसोवास गर्ने महिलाहरुले गर्भवती र सुत्केरीको समयमा पनि मेलापातमा काम गर्नु पर्ने बाध्यता रहेको छ। सो समयमा खानपिनमा पनि ध्यान दिईएको हुदैन्। अहिले पनि वाल विवाह कायमै रहेकाले आङ खस्ने समस्या न्युनीकरणमा चुनौती बढेको बरिष्ठ प्रसुती रोग विशेषज्ञ डाक्टर गणेश वहादुर सिंहले बताए।
पाठेघर स्थीर नहुने र यथास्थानमा राखिराख्न विभिन्न प्रकारका तन्तु हरूले काम गर्न छोडे पछि त्यसलाई आङ खसेको मान्न सकिन्छ। आङ खसेको पहिलो अवस्थामा आराम नगर्दा यस्ले ठूलो रुप लिने गरेको छ। तर महिलाहरु पहिलो अवस्थामा सजिलै चिकित्सक सम्म नपुग्ने समस्या रहेको डाक्टर गणेश सिंहले बताए। प्रदेश र स्थानिय सरकारले पनि यस्तो रोगलाई रोक्न गतिलो कदम चालेको देखिन्न। सानो–सानो समस्या कारण महिलाहरुमा देखा पर्ने आङ खस्ने रोगले धेरै महिलाहरुको व्यक्तीगत जीवन निकै नै कष्टपुर्ण हुने गरेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिए। उपचार सहज भए पनि पाठेघर खस्ने समस्या रोकिएको छैन भने शिक्षित परिवारकै महिला समेत पाठेघर खस्ने समस्याबाट सजग हुन सकेका छैनन्। पाठेघर खस्नै नदिन स्वयं महिला सतर्क हुनुपर्ने र घरघरमा स्वास्थ्य स्वयंसेविका मार्फत सचेतना पुगाउन पर्ने धेरेको सुझाव छ।