महेन्द्रनगर आइरहेको बस र जीप ठोक्किँए
दार्चुला: दार्चुलामा बस र जीप एक आपसमा ठोकिएका छन्। शैल्यशिखर नगरपालिका वडा नम्बर ३ कर्कलेमा गन्नाबाट महेन्द्रनगरका लागि छुटेको ना६ख १६०७ नम्बरको बस र गोकुलेश्वरबाट गन्नातर्फ गइरहेको म१ज ३६० नम्बरको बोलेर जीप एक आपसमा ठोक्किएका हुन्।
ठक्करबाट जीपको अगाडिको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ। दुर्घटनामा मानवीय क्षति नभएको र जीपमा समान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।