सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकालीमा बेपत्ता जयसिंहको बैतडीमा पनि खोजी तीब्र

फाइल फोटो
फाइल फोटो
२०७८ भदौ ६, ०२:१६ खबर संवाददाता

धनगढीः दार्चुलाको महाकाली नदीमा तुइनबाट खसेर बेपत्ता भएका दार्चुलाको व्यासका जयसिंह धामीलाई बैतडीमा पनि खोजी कार्य चलिरहेको छ। गत साउन १५ मा व्यास गाउँपालिका–२ का जयसिंह बेपत्ता भएका थिए।

बेपत्ता जयसिंहको खोजी जारी रहेको छ। बैतडीमा पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। महाकाली नदी दार्चुला‚ बैतडी‚ डडेल्धुरा हुँदै कञ्चनपुर भएर बग्ने गर्दछ।  बगेर बेपत्ता भएका जयसिंह बैतडीस्थित महाकाली नदी तटीय क्षेत्रमा पनि  भेट्टिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षाकर्मी परिचालन गरिएको जनाईएको छ।

बैतडीका महाकाली नदीसँग जोडिएका स्थानहरुमा जयसिंहको नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले नियमित रुपमा खोजी गरिरहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

बेपत्ता भएको २२ दिनसम्म पनि जयसिंहको अवस्था  अज्ञात रहेको छ। मालघाटमा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुईन काट्दा जयसिंह बेपत्ता भएको स्थानीयले बताएका छन्। तर,  भारतीय पक्षले भने त्यो अस्वीकार गरेको छ।

कमेन्ट लोड गर्नुस