कञ्चनपुर कारागारका कैदीबन्दीलाई लुतोले सतायो, जेलर भन्छन्, ‘खुट्टा राख्ने ठाउँ छैन’
कञ्चनपुर कारागारका कैदीबन्दीलाई छालासम्बन्धी रोगले सताउन थालेको छ। कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिँदा अधिकांशमा दाद र लुतो लगायतको रोग देखा परेको हो। त्यस्ता रोगी कैदीबन्दीको सङ्ख्या १५० बढी रहेको जेलर मायाकुमारी थापा बस्नेतले जानकारी दिईन्। क्षमताभन्दा बढी कैदीबन्दीलाई राखिँदा व्यक्तिगत सरसफाइ गर्न नपाउँदा रोग फैलिएको हुनसक्ने उनले बताईन्।
कमेन्ट लोड गर्नुस