सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध
२०७८ भदौ ४, ०८:१४
धनगढी: पहिरोका कारण सुदुरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ।
बिहीबारको वर्षाले भीमदत्त राजमार्गस्थित डडेल्धुराको आलिताल गाउँपालिका -१ मा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको हो। राजमार्गको ठाउँठाउँमा पहिरो गएको र यात्रु तथा सवारीसाधन अलपत्र परेका गाङ्खेत प्रहरी चौकीले जनाएको छ।
कमेन्ट लोड गर्नुस