सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनको अवसरमा रमेशले गरे दुर्घटनामा आमाबुवा गुमाएकी बालिकालाई सहयोग

२०७८ भदौ २, ०६:५० खबर संवाददाता

धनगढी: जन्मदिनको अवसरमा बैतडी, पाटनका व्यापारी रमेश ऐरले दुर्घटनामा आमाबुवा गुमाएकी बालिकालाई सहयोग गरेका छन्। गत साउन १५ गते कर्णालीमा जीप खस्दा आमाबुवा गुमाएकी हाल सेती प्रादेशिक अस्पतालमा उपचाररत सावित्री जोशीलाई उनले ५ हजार सहयोग गरेका हुन्।

सोही दुर्घटनामा परी हालसम्म बेहोस अवस्थामा रहेकी ६ वर्षीया बालिकाको उपचारमा सहयोग होस भनेर रकम प्रदान गरेको ऐरले बताए। ‘सानो सहयोगबाट बालिकाको ज्यान जोगिन सक्छ भन्ने हेतुले सहयोग गरे’ उनले भने। 

यो पनि: 
आमाबुवालाई कर्णालीले बगायो, सेतीको शय्यामा २० दिनदेखि मृत्युसँग लड्दैछिन् सावित्री

कमेन्ट लोड गर्नुस