यातायात कार्यालयको बेतिथि : कमिसन बिना कुनै पनि काम हुँदैंन
अस्तव्यस्त र लथालिङ अवस्थाको अञ्चल यातायात कार्यालय सेतीले सुविधा सम्पन्न ठाउँमा सरेपनि सेवा प्रवाहमा कुनै सहजता भएको छैन्। सानो कामका लागि दुई तीन दिन लाग्ने र रकम लिएर मात्रै काम हुने बाध्यता कायमै रहेको सेवाग्राहीको गुनासो रहेको छ। पुरानो कार्यालय साघँुरो भएका कारण सेवा प्रवाहामा असजहता भएको बताउँदै आएको यातायात व्यवस्था कार्यालय सुविधा सम्पन्न ठाउँमा सरेपनि सेवा प्रवाह सहज भएको छैन् । नागरिकको सवैभन्दा बढी भिडभाड हुने कार्यालयको सेवा प्रवाहमा भने कुनै सहजता भएको छैन्। सेवाग्राहीले पैसा बिना कुनै पनि काम नहुने गरेको आरोप लगाएका छन्।
नागरिकको प्रत्यक्ष सरोकार रहने र कामकाजको लागि बढी भिडभाड हुने यातायात कार्यालयको सेवा प्रवाहा व्यवस्थित हुन नसक्दा सेवाग्रही मारमा परिहेका छन् । पुरानो स्थानबाट कार्यालय सरेपछि सेवा प्रवाह सहज हुने आशा गरेका सेवाग्राही पैसा बिना काम नहुँदा थप समस्यामा परिरहेको सेवाग्रही सुनिल भण्डारीले बताए। सेवाग्राहीको सधैं भिडभाड हुने कार्यालयको काम कारवाही छिटो छरितो र व्यवस्थित हुन सकेको छैन। यातायात कार्यालयमा दैनिक जसो सयौँ भन्दा बढी सेवाग्रही सेवा लिनको लागि कार्यालय धाउने गरेका छन्। तर पैसा विना त्यहाँ कुनै पनि काम नहुने गरेको सेवाग्राहीको आरोप छ।
साविकको सेती अञ्चलको यातायात कार्यालय एउटै भएकाले सेती अञ्चलका ५ ओटा जिल्ला र महाकाली अञ्चलका कञ्चनपुर लगायतका अन्य जिल्लाहरुबाट सेवाग्रही धनगढी पुग्ने गरेका छन् । धेरैलाई छिटो काम सिध्याएर गन्तव्य स्थानतिर जाने हतार हुने मौकाको फाईदा उठाउँदै विचौलीया र कर्मचारीहरुले पैसा लिएर मात्रै काम गर्ने गरेका छन् । तत्कालीन यातायात व्यवस्था कार्यलय सेतीका प्रमुख कृष्ण भूषालले कार्यालय सरेकै दिन पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि सेवा प्रवाह छिटो छरितो र सहज हुने बताउनु भएको थियो । तर कार्यालय सरेपनि सेवा प्रवाह न त प्रभावकारी भएकोछ नत पैसा बिना नै काम हुने गरेको छ । यातायात व्यवस्था कार्यालय सेतीका कार्यालय प्रमुख विसन सिंह थापाले सोचे जस्तो प्रभवकारी सेवा दिन नसकेको बताए।