सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा चितुवाकाे बच्चा मृत फेला

२०७८ भदौ १, ०५:३९ खबर संवाददाता

डीआर भट्ट, बैतडी: बैतडीमा एक चितुवा मृत अवस्थामा फेला परेको छ। महाकाली राजमार्ग अन्तरगत पर्ने डिलाशैनी गाउँपालिको श्रीरशैन भन्ने ठाउँमा मंगलबार बिहान चितुवाको बच्चा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बोधराज ओझाले जानकारी दिए।

चितुवाको बच्चा ६ महिना जतिको हुनसक्ने अनुमान गरिएको छ। चितुवाको बच्चा मृत फेला परेको खबर आएपछि प्रहरी र  डिभिजन वन कार्यालय बैतडीको टोली घटनास्थल गएको थियो। मृत भेटिएको चितुवाको बच्चालाई  डिभिजन वन  कार्यालय बैतडीको परिसरमा गाडिएको डिभिजन वन कार्यालय बैतडीका सहायक वन अधिकृत श्याम सुन्दर माझीले  बताए।  

चितुवाको बच्चाको मृत्यु कसरी भएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस