सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पाटन नगरपालिकाका १० ओटै वडा कार्यालयमा तालाबन्दी

२०७८ भदौ १, ०५:२४ खबर संवाददाता

धनगढी: बैतडीको पाटन नगरपालिकाका १० ओटै वडा कार्यालयमा तालाबन्दी गरिएको छ।

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीले तलब वृद्धिको माग गर्दैै तालाबन्दी गरेका हुन्। संघीय सरकारले बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको न्यूनतम तलब १५ हजार पुर्याउनुपर्ने घोषणा गरेको थियो। जसअन्तर्गत संघीय सरकारले २ हजार थप गरेको र बाँकी रकम स्थानीय तहले व्यहोर्नुपर्नेमा नगरपालिकाले तलब नथपेको उनीहरुको गुनासो छ।

आइतबारदेखि आन्दोलनमा उत्रेका उनीहरुले संघर्ष समिति बनाएर आन्दोलनमा उत्रेको बताएका छन्। पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले भने संघीय सरकारले स्थानीय श्रोतबाट थप तलब दिनुपर्ने भनेको हुँदा कार्यान्वयनमा समस्या भएको बताए। उनले समाधानका लागि संघीय अर्थमन्त्रालयसँग पनि कुरा भईरहेको बताए।
 

कमेन्ट लोड गर्नुस