बैतडीमा भीरबाट लडेर किशोरीको मृत्यु
२०७८ भदौ १, १०:४०
धनगढी: बैतडीमा भीरबाट लडेर एक किशोरीको मृत्यु भएको छ।
सोमबार दिउँसो घास काट्ने क्रममा भीरबाट लडेर सुर्नया गाउँपालिका -७ कठमडाकी १३ वर्षीया रुपा साउँदको मृत्यु भएको पारिवारिक स्रोतले बताउको हो। गोरुलोटे भन्ने भीरबाट लडेकी उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
कमेन्ट लोड गर्नुस