सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिरामीलाई डडेल्धुरा अस्पतालको आग्रहः कर्मचारीले निजी मेडिकलमा पठाए खबर गर्नू

२०७८ साउन ३१, ०५:५८ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरा अस्पतालका कर्मचारीले बिरामीलाई बाहिरका मेडिकलमा पठाउने गरेको गुनासो बढ्न थालेपछि अस्पतला प्रशासनले कारवाही थालेको छ। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले बिरामीलाई निजी मेडिकलमा औषधि खरिद गर्न लगाउने तथा उपचार गर्न पठाए खबर गर्न अस्पतालले आग्रह गरेको हो। 

आइतबार एक सूचना नै जारी गर्दै अस्पतालले बिरामीलाई आवश्यक चेकजाँच, विभिन्न परीक्षणहरु अस्पतालमैभ भइरहेको तथा सम्पूर्ण औषधि र स्वास्थ्य सामग्रीहरु अस्पतालको फार्मेसीमा सुलभ मूल्यमा पाइने गरेको जनाएको छ।

तर कर्मचारीले अस्पताल बाहिर बिरामी चेकजाँच, परीक्षण वा औषधि खरिद गर्न निजी क्लिनिक, फार्मेसीमा पठाएको खण्डमा तत्कालै अस्पताल प्रशासनलाई जानकारी गराउन वा प्रशासनको फोन ०९६–४१०३७२ मा फोन गर्न तथा इमेलमार्फत गुनासो गर्न आग्रह गरेको छ।

कमेन्ट लोड गर्नुस