सुदूर नेपाललाई विश्वसँग जोड्दै

एएफसी महिला एसियन कपः ४५ बाट २८ खेलाडी छानिए

२०७८ साउन ३१, ०३:५२ खबर संवाददाता

काठमाडौंः एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १७ खेलाडी बाहिरिएका छन्। 

राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिकबाट यसअघि नियमित टोलीमा पर्दै आएकी रेखा पौडेल बाहिरिएकी छन्। अखिल नेपाल फुटबल संघ ९एन्फा०ले एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि ४५ खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो। तर, परीक्षाका कारण नेपाल पुलिस क्लबका पाँच खेलाडी र एक खेलाडी कोरोना संक्रमणका कारण उपस्थित नभएका जनाएको छ। 

एएफसी महिला एसियन कप छनोटमा नेपाल समूह ुएफुमा रहेको छ। नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ छन्। एसियाली फुटबल महासंघले सुरुवाती चरणमा छनोट खेल नेपालमा नै आयोजना गर्ने भने पनि कोरोनाको बढ्दो संक्रमण दरका कारण तटस्थस्थल उज्वेकिस्तानमा आयोजना गर्ने जनाएको छ।

छनोट खेल १३ देखि २५ सेप्टेम्बर सम्म हुँदै छ।  २८ टोलीलाई ८ समूहमा विभाजन गरी छनोट खेल सञ्चालन हुन लागेको प्रतिस्पर्धाबाट समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्ने मौका पाउनेछन्। ​

कमेन्ट लोड गर्नुस