सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्राफिक प्रहरीको कमाउ धन्दाले सुदूरपश्चिमका पहाडी जिल्लामा दुर्घटना बढ्दै

मेला जात्रामा सार्वजनिक सवारी साधनको मनोमानी

२०७५ मंसिर ८, १०:५५ कमल सावद

ट्राफिक प्रहरी कमाउ धन्दामा व्यस्त हुँदा सुदूरपश्चिमका पहाडी जिल्लामा दुर्घटना बढ्दै गएका छन्। चाडपर्व र मेला जात्राको समयमा समेत ट्राफीक प्रहरीको ध्यान असुलीमा केन्द्रित हुँदा दुर्घटना बढ्दै गएका छन्। सुदूरपश्चिमका पहाडी जिल्लामा अहिले मेला जात्राको रौनक चलिरहेका बेला सार्वजनिक सवारी साधन र निजि सवारी साधनमा पनि क्षमता भन्दा बढि यात्रु सवार भईरहेका छन्। तर ट्राफीक प्रहरीले भने रकम असुल्दै क्षमता भन्दा बढी यात्रु राख्न दिईरहेको छ। दुर्घटनामा सवारी चालकको गम्भीर लापरवाही भएको भन्दै पन्छिने ट्राफिक प्रहरीले आफ्नो गल्ती भने लुकाउदै आएको छ। विहिवार मात्रै डडेलधुराको उग्रतारा मन्दिबाट मेला दर्शन गरेपछि फर्किने क्रममा स्कुल बस डडेल्धुराको रडुवा खोलामा दृर्घटना भयो, १८ जनाको ज्यान गएको छ भने धेरै घाईतेको विभिन्न अस्पतामा उपचार भईरहेको छ। दशै र तिहार मात्रै होईन मेला पर्वमा पनि ट्राफीक प्रहरीको वेवास्ताका कारण सुदूरपश्चिममा दुर्घटना बढ्दै गएका छन्। दुर्घटनामा घाईते डोटी राजपुरका संगीता विक र शिखर नगरपालिकाका महादेव रावलले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण सडक दुर्घटना हुने गरेको बताए। 

दार्चुला जिल्लाको मालिकार्जुन मेलाबाट जिल्ला सदरमुकाम खलंगा आउदै गरेको म १ ख ४३६ नम्बरको बस दुर्घटना भयो। एक जनाको मृत्यु भयो भने २० जना घाईते भए तर मिनि बसमा ३७ जना सवार रहेको प्रहरीले जनाएको छ। डडेल्धुरा बस दुर्घटनामा पनि क्षमता भन्दा बढि यात्रु रहेको प्रहरीले नै जनाएको छ। सुदूरपश्चिममा रहेका ट्राफीक प्रहरीका सवै चेक पोष्टले ट्राफीक नियमको पालना गराउन भन्दा पनि रकम असुल्दै ट्राफिक नियमको उल्लंघन गर्न सिकाईरहेकाले दुर्घटना बढीरहेको आरोप लाग्दै आएको छ। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा क्षमता भन्दा बढि यात्रु राख्ने परिपाटी छ भने सडकको अवस्था पनि राम्रो छैन्।

ट्राफिक प्रहरीले क्षमताभन्दा बढी यात्रु राख्ने सवारी साधनमाथि कारवाही गर्नुको सट्टा रकम असुल्दै क्षमताभन्दा बढी यात्रु राख्न दिने गरेको छ। आवश्यक कागजपत्र नभए रकम असुल्दै सवारी चलाउने दिने गरेको छ। दुर्घटना भएपछि धेरै जसो कारणमा चालककको लापरवाहीलाई देखाउने गरिएको छ भने अर्को कारण सडकको दुरवास्ता हो। तर रकम असुल्दै ट्रफीक नियमको उल्लंघन गर्न सिकाउने ट्राफिक प्रहरी पनि दुर्घटनाको कारण हो भन्ने विषयमा त चर्चा पनि हुने गरेको छैन्। यता सुदूरपीश्चम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरिक्षक केदार रजौलेले भने ऐन नियम अनुसार नै चेकजाँच र कारवाही गरिरहेको दावी गरे । सुदूरपश्चिममा रहेका विभिन्न राजमार्गमा ट्राफिक नियमको पालन गराउनका लागि राखिएका चेक पोष्टहरु रकम असुल्दै ट्राफिक नियमको उल्लंघन गर्न सिकाउदै आएका छन्। त्यसैले अव दुर्घटना भए सम्वन्धित क्षेत्रको ट्राफिक प्रहरीको भुमिका पनि अनुसन्धान गर्ने बेला आएको धेरैको भनाई छ । 
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस