सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्माणका कोषाध्यक्ष जोशी उत्कृष्ट करदाताका रुपमा सम्मानित

२०७५ मंसिर ७, ०७:४०

निर्माण व्यवसायी संघ कैलालीका कोषाध्यष दीर्घराज जोशी उत्कृष्ट करदाताका रुपमा सम्मानित भएका छन् । आन्तरिक राजश्व कार्यालय कैलालीले जोशीलाई कर सप्ताहको समापनको अवसरमा उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको हो । सातौं राष्ट्रिय कर दिवसको सप्ताहव्यापी रुपमा गरिएका कार्यक्रमको समापनको अवसरमा कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले कोषाध्यक्ष जोशीलाई दोसल्ला र कदर पत्र सहित सम्मानित गरे । सम्मानले अझ हौसला थपेको र आगामी दिनमा पनि ईमान्दारीपुर्वक कर तिर्ने जोशीले बताए । 

निर्माण व्यवसायी जोशीको प्रशंसा कन्ट्रक्सनसँगै सेती फाईनान्स सुविन टेड्रर्स कैलपाल टेड्रर्स, मोहन्याल कन्ट्रक्सन पनि सम्मानित भएका छन् । उत्कृष्ट कर्मचारीमा डा.ई.सु. धुव्रजंग अधिकारीलाई पनि सम्मान गरिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठलेर आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत गोविन्दप्रसाद अधिकारीले उत्कृष्ट करदातालाई सम्मान गरे । आर्थिक बर्ष २०७३÷७४ मा सवैभन्दा बढी कर तिरेको, समयमा कर तिरेको र बाँकी बक्यौता नभएकाहरुलाई उत्कृष्ट करदाताका रुपमा सम्मान गरिएको कर अधिकृत धनकुमार राईले जानकारी दिए । 

 

 

कमेन्ट लोड गर्नुस