कोभिशिल्डको पहिलो डोज लगाएको कति महिनासम्म दोस्रो डोज लगाउदा हुन्छ ?
काठमाडौं: सरकारले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएको पाँच महिनापछि पनि दोस्रो मात्रा लगाउँदा प्रभावकारी हुने बताएको छ।
कतिपयले पहिलो मात्रा लगाएको लामो समयपछि दोस्रो मात्रा प्रभावकारी हुनेबारे शंका गरिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो मात्रा लगाएको लामो समय पछि पनि दोस्रो मात्रा लगाउँदा प्रभावकारीता रहने बताएको हो।
पहिलो र दोस्रो मात्रा बीचको अन्तर लामो भएपनि खोपले प्रभावकारी काम गर्ने अध्ययनले पुष्टि गरेकाले शंका नगर्न मन्त्रालयले आग्रह गरेको छ।